
तुलसीपुर, ३० फागुन । दलित कल्याण संघ दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा लक्षित कार्यक्रम अन्र्तगत तुलसीपुर १५ कोठरीमा सोमवार देखी जातीय छुवाछूत तथा लैगिंक हिंसा न्यूनीकरण सम्बन्धि चार दिने कानुनी सचेतना तालिम सुरु भएको छ । संस्थाका जिल्ला अध्यक्ष नरसिंह विश्वकर्माको अध्यक्षता एवं वडा सदस्य बिमल चौधरीको प्रमुख आतिथ्यतामा तालिमको उदघाटन गरिएको छ ।
संस्थाकी सदस्य लक्ष्मी घमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सस्थाका केन्द्रिय अध्यक्ष एवं तालिमका प्रशिक्षक मोतीलाल नेपाली, वडा सचिव अमृत दाहाल लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव सन्तोष चनाराले गर्नुभएको थियो । तालिममा २७ जनाको सहभागिता रहेको छ ।
प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते सोमवार