
काठमाडौ,१९फागुन ।१९ वर्ष मुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता चैत ६ गतेबाट सुरु हुने भएको छ ।नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिता चैत ६ देखि चैत ११ गतेसम्म सञ्चालन हुने जनाएको छ ।धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगतामा ७ टोलीको सहभागिता रहने छ ।प्रतियोगिता आगामी मे–जुनमा हुने आईसीसी १९ वर्ष मुनिको महिला एसिया कप छनोटका लागि खेलाडी छनोट गर्ने प्रतियोगिताको रुपमा समेत रहेको छ ।
प्रतियोगितामा सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश,लुम्बिनी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को सहभागिता रहेको छ ।सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।समूहको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।प्रतियोगिताको उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशबीच चैत ६ गते प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते सोमवार