व्यावसायीक मार्फत आत्मनिर्भर बन्न आग्रह

तुलसीपुर, ३० फागुन । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गरी व्यवसायीक बन्न तुलसीपुरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । सिप सिकेर मात्रै आत्मनिर्भर बन्न नसकीने भन्दै उनीहरुले सिकेको सिपलाई व्यवहारमा लागु गरी आत्मनिर्भर बन्न आग्रह गरेका छन् । सामाजिक रुपान्तरणका लागी हाम्रो अभियान दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा बिजौरीमा भएको सरफ बनाउने सम्बन्धी चार दिने तालिम समापन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।सिप सिकौँ,आत्मनिर्भर बनौँ भन्ने नाराका साथ संचालन गरीएको कार्यक्रमको सोमवार भएको समापन कार्यक्रममा बोल्दै तुलसीपुर १७ का वडा अध्यक्ष थलराज पुरीले महिलाहरुको आर्थिक, सामाजिक र राजनितिक रुपमा विकास र उत्थान गर्ने लक्ष्यका साथ कार्यक्रम संचालन गरेको बताउनुभयो ।

महिलाहरुलाई हरेक क्षेत्रमा सक्षम र बलियो बनाउनका लागी वडा कार्यालय तथा उपमहानगरपालिकाले विभिन्न कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो । सोहि अवसरमा बोल्दै कार्यपालिका सदस्य शुसीला बुढाथोकीले महिलाहरु परनिर्भर हुदा हिंसामा पर्ने भन्दै व्यावसायीकीकरण गरी आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । महिलाहरु आर्थिक रुपमा सक्षम भए मात्रै हरेक कामहरु गर्न सकीने भएकाले तालिममा सिकेका सिपलाई एकल वा सामुहिक रुपमा उद्यमी बन्न आग्रह गर्नुभयो ।संस्थाका अध्यक्ष भिम विश्वकर्माको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रिय उपाध्यक्ष जोगेन्द्र विश्वकर्माले महिलाहरु अग्रसर र जागरुक हुन सके थुप्रै अवसर रहेको बताउनुभयो ।

उहाले सरफ व्यवसाय संचालन गरे पनि बजारीकरण गर्न कुनै समस्या नभएको भन्दै यसका लागी सिप सिकेका महिलाहरु अग्रसर हुनु पर्ने बताउनुभयो । सो अवसरमा तालिमका प्रशिक्षक ईश्वारा केसी, दलित सेवा संघका सचिव राम बहादुर नेपाली , नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ दाङका उपाध्यक्ष ईन्द्रिरा नेपाली, तालिमका सहभागीहरुको तर्फबाट सरिता विक, स्मृति डाँगी र शान्ता पोख्रेलले मन्तव्य व्यक्त गर्नुभयो ।कार्यक्रमको सहजीकरण संस्थाका सदस्य किरण विश्वकर्माले गर्नुभएको थियो । तालिममा विभिन्न वडाका ४० जना महिलाहरुको सहभागिता रहेको थियो । उक्त तालिम दुई चरणमा गरिएको हुदा ८० जना महिलाहरु लाभान्वित भएको संस्थाले बताएको छ । तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते सोमवार
प्रतिक्रिया