काठमाडौं २९ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधबीच प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्तुत गरिएको छ। संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम माओवादीका प्रमुख सचेतक देव गुरुङले प्रस्तुत गरे।
गुरुङसहित कांग्रेसका प्रमुख सचेतक पुष्पा भुसाल र एकीकृत समाजवादीका प्रमुख जीवनराम श्रेष्ठ प्रस्तावक तथा ९५ जना सांसद समर्थकमा फागुन १ गते महाभियोग दर्ता गराएको थियो। महाभियोग दर्ता गर्दै प्रधानन्यायाधीशविरुद्ध २१ आरोप लगाइएको छ। बैठकमा महाभियोग पेश भएपछि बैठक स्थगित गरिएको छ। अर्को बैठक चैत २ गते बुधबार दिनको १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बताए।