सुर्खेत,२९ फागुन । भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन् । सुर्खेतको भेरिगङ्गा नगरपालिका(११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका हुन् । शनिबार साँझ उनीहरू नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
स्थानीयका अनुसार बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका(११ का १० वर्षीया गङ्गा खड्का, आठ वर्षीया कृष्णा सिजाली र १० वर्षीय दिनेश बुढा रहेका छन् । बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सश स्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० रामप्रसाद घर्तीले जानकारी दिए।
प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार



