दाङका ऋषि परियार उल्टो पैदल यात्राको ४२ औँ दिनमा जिल्ला प्रवेश

फाईल फोटो

तुलसीपुर, २८ फागुन । दाङ तुलसीपुर ३ रानागाउँ बस्ने ऋषि परियारले मेची महाकाली उल्टो पैदलयात्राको ४२ औँ दिनमा दाङ प्रवेश गर्नुभएको छ । उहा दाङको धानखोला आईपुग्नु भएको छ । पुर्व मेचीको झापा स्थित मेची पुलबाट गत माघ १५ गते मेची महाकाली उल्टो पैदलयात्रा सुरु गर्नुभएको उहाले ४२ औं दिनमा दाङ आईपुगेको बताउनुभयो ।

फरक कला र प्रतिभाले देशलाई विश्व सामु चिनाउने लक्ष्यका साथ उहाले उल्टो पैदल यात्रा सुरु गर्नुभएको हो ।यस अघि उहाले दुई पटक गिनिज बुकमा नाम लेखाइ सक्नु भएको छ । साथै उहालाई राप्ती गाउँपालिका १ भालुवाङमा राप्ती उद्योग वाणिज्य संघ, आशाका किरण लगायतका संघ संस्थाले स्वागत तथा सम्मान गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार
प्रतिक्रिया