फाइल फोटो
तुलसीपुर,२७ फागुन । तुलसीपुर ७ पर्सेनी स्थित कालाखोलामा जारी ऐतिहासिक भोटे मेला स्थगित भएको छ । स्थानिय शिव मन्दिर व्यवस्थापन समितिको आयोजनामा गत सोमवार देखी सुरु भएको मेला शुक्रवारबाट स्थगित भएको हो । आउदो चैत ५ गतेसम्म सञ्चालन हुने भनिएको मेला घाटा हुने अवस्था आएपछि स्थगित भएको आयोजकले बताएको छ । भोटे मेलाको महत्व झल्काउने गरी विगत केहि वर्ष देखी त्यस क्षेत्रमा मेला लाग्दै आएको थियो । तर यस वर्ष भने मेला सम्पन्न नहुदै स्थगित भएको छ । आयोजकले दर्शकहरुको चहलपहल नभएको हुदा मेला स्थगित गर्नुपरेको बताएको छ ।
प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार












