२०८२ पुष १ गते मङ्गलवार

संखुवासभा दुर्घटनामा ज्यान गुमाएका मृतक १० जनाको पहिचान खुल्यो

संखुवासभा २६ फागुन । जिल्लाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा मृत्यु हुने १० जनाको पहिचान खुलेको छ। बस दुर्घटनामा मृत्यु हुने १० जना र घाइते ५ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ।  मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औशीडाँडाका ३० वर्षीय विपिन निरौला,मादी(–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी(५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी –६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की त्यस्तै अञ्जना कटुवाल मादी(६ र दिशा कटुवाल मादी ५ रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदीले बताए। दुर्घटनामा मृत्यु भएका एक पुरुष, २ महिला र १ बालकको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन।

यसैबिच बस दुर्घटनामा घाइते ५ जनाको जीवितै उद्दार गरिएको प्रहरीले जनाएको छ। घाइते हुनेमा मादी(५ का सुवाष गोले, युवा पोख्रेल र मादी(६ का तुलसा कटुवाल, अम्बिका विक,डम्बर बहादुर कार्की रहेका छन्। दुर्घटनामा घाइते भएका ५ जनाकै नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरेर काठमाण्डौं लाने तयारी भइरहेको छ। आज बिहान संखुवासभाको मादीमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो। बाँकी चार जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार
प्रतिक्रिया