सांकेतिक फाईल फोटो
तुलसीपुर,२५ फागुन । दाङमा गएराती कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएपछि बुधवार आफन्ती र स्थानियबासीले लमही–भालुवाङ सडक खण्ड अवरुद्ध गरेका छन । मोटरसाईकल चालक राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङका नरेन्द्र जिसीको मृत्यु भएपछि स्थानियले फरार कार चालकलाई पक्राउ गरी कारवाहिको माग गर्दै सडक अबरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । भालुबाङबाट लमही आउदै गरेको बा १० च २५८१ नम्बरको कार र लमही देखि भालुबाङ तर्फ जाँदै गरेको रा ६ प ६८४९ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको प्रहरीको भनाई छ । फरार कार चालकको खोजिकार्य जारी रहेको छ भने बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार



