
फाइल फोटो
तुलसीपुर, २५ फागुन । दाङमा कार र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ । भालुबाङबाट लमही आउदै गरेको बा १० च २५८१ नम्बरको कार र लमही देखि भालुबाङ तर्फ जाँदै गरेको रा ६ प ६८४९ नम्बरको बुलेट मोटरसाइकल गएराती एक आपसमा ठोक्किएर दुर्घटना हुदा मोटरसाईकल चालक राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङका नरेन्द्र जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सवारी दुर्घटनामा परी गम्भिर घाईते हुनु भएका जिसीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार