२०८२ माघ ११ गते आइतवार

आगलागी पिडितलाई तुलसीपुरका व्यवसायीद्धारा झन्डै डेढ लाख सहयोग

तुलसीपुर, २४ फागुन । तुलसीपुरका व्यवसायीहरुले आगलागी पिडितहरुलाई झन्डै डेढ लाख रुपैया आर्थिक सहयोग गरेका छन । तुलसीपुरमा पाँच जनाको ज्यान जाने गरी भएको आगलागी पिडितलाई तुलसीपुर चेम्वर अफ कर्मशले तुलसीपुरमा एक लाख रुपैया राहात स्वरुप सहयोग गरेको छ । चेम्वरका पदाधिकारी तथा व्यापारीहरुबाट संकलित उक्त रकम एक कार्यक्रमको आयोजना गरी आगलागी पिडित परिवारका सदस्यलाई चेक हस्तान्तरण गरिएको हो । चेम्बरका अध्यक्ष टोप बहादुर घर्तिले आगलागी पिडित रफिक मियाँलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

आगलागी कारण ठुलो मानविय क्षति हुनुको साथै धनमालको समेत नोक्सान भएकाले केहि राहात होस भन्ने उद्देश्यका साथ आफुहरुले संकलन गरेको रकम सहयोग गरेको अध्यक्ष घर्तिले बताउनुभयो । साथै उहाले सहयोग संकलन गर्ने अभियान जारी रहेको हुदा संकलन भएमा फेरी सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा चेम्वरका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यस्तैगरी नेकपा एमाले निकट नेपाल राष्ट्रिय बाणिज्य संघ तुलसीपुरले पनि आगलागी पिडितलाई आर्थिक सहयोग गरेको छ ।

संघका बरिष्ठ उपाध्यक्ष पदम पोख्रेल जेठुकान्छुले ४५ हजार ५ रुपैयाको चेक आगलागी पिडित मियाँलाई हस्तान्तरण गर्नुभएको हो । पिडितहरुलाई आफुहरुको थोरै रकमले पनि केहि सहयोग पुग्ने अपेक्षाका साथ उक्त रकम सहयोग गरिएको पोख्रेलले बताउनुभयो । आर्थिक सहयोग गर्ने संगठन प्रति पिडित मियाले धन्यवाद ज्ञापन गर्नुभएको छ । गत माघ २८ गते तुलसीपुर स्थित इरम फुटवेयर जुत्ताचप्पल गोदाममा भिषण आगलागी हुदा एकै घरका तिन जना सहित पाँच जनाको ज्यान गएको थियो ।

नेपाल राष्ट्रिय बाणिज्य संघ तुलसीपुरद्धारा चेक हस्तान्तरण गर्दै

 

प्रकाशित मिति : २०७८ फाल्गुन २४ गते मङ्गलवार
प्रतिक्रिया