बाँकेमा मोटरसाइकलको ठक्करबाट प्रहरी हबल्दारको मुत्यु

दाङ, २४ फागुन । बाँकेमा मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका एक प्रहरी हबल्दारको मुत्यु भएको छ । एकजना प्रहरी जवान घाइते भएका छन् । नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझा चोकमा सोमबार राति आठ बजे मोटरसाइकलले ठक्कर दिंदा प्रहरी हबल्दार भुपेन्द्र शाहीको मृत्यु भएको हो । सो दुर्घटनामा प्रहरी जवान नरेश चौधरी र मोटरसाइकल चालक सन्तोष बमसिंह ठकुरी घाइते भएका छन् ।

मोटरसाइकल चेकिङमा खटिएका प्रहरी हबल्दार शाही र चौधरीलाई ठकुरीले चलाएको भे १० प ४७५७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले बताए । मोटरसाइकल चालक ठकुरी र प्रहरी जवान चौधरीको मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : २०७८ फाल्गुन २४ गते मङ्गलवार
प्रतिक्रिया