दाङमा होटेल संचालक सहित ११ जना जुवाडे पक्राउ

तुलसीपुर, २२ फागुन । दाङमा होटेल संचालक सहित ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई शनिबार दिउँसो ४ बजे घोराही १५ स्वस्थानी टोल स्थित न्यु सुप्रिया होटल एण्ड लजबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा होटल सञ्चालक अर्घाखाँची सन्धिखर्क नगरपालिका ८ का ५२ वर्षीय गोपाल बहादुर कुँवर, रोल्पा रुन्टीगढी गाउँपालिका ७ का ३४ वर्षीय शरोज पुन, रुन्टीगढी गाउँपालिका ५ का ३६ वर्षीय घनश्याम वली, घोराही उपमहानगरपालिका ५ का ३० वर्षीय कृष्ण बहादुर रावत र वडा नम्बर १३ का ३९ वर्षीय मन बहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो ।

त्यसैगरी घोराही १६ का ३५ वर्षीय रेशम बहादुर कँवर, वडा नम्बर १३ का ४५ वर्षीय खेमराज गिरी, वडा नम्बर ८ का ४२ वर्षीय काशिराम भट्राई, वडा नम्बर १५ का ५५ वर्षीय भुप बहादुर केसी, बबई गाउँपालिका ६ का ३० वर्षीय युवराज केसी र प्युठान नगरपालिका ५ का २८ वर्षीय जीवन नेपाली रहेको प्रहरीले बताएको छ ।उनीहरुको साथबाट २ लाख २१ हजार तीनसय नगद र जुवा खेल्न प्रयोग भएको सात गड्डी बरामद गरेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरु माथी आबश्यक अनुसनधान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार
प्रतिक्रिया