
तुलसीपुर,२२ फागुन । पाल्पामा बसले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको माथागढि गाउँपालिका २ खहरे बस्ने २७ वर्षीय ऋषिकेश सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । आइतबार दिउँसो १२ः५५ बजे तानसेन नगरपालिका ८ भालेबास स्थित बुटवलबाट पाल्पा तर्फ जादै गरेको लु २ ख ८३५ नम्बरको बसले लु ७७ प २२०२ नम्बरको स्कुटरलाई ठक्कर दिदा सारु घाइते भएको प्रहरीले बताएको छ । घाइते सारुको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले भनाई छ । ठक्कर दिने बस र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार