
तुलसीपुर, २२ फागुन । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुन शोभाकर पन्थी निर्विरोध निर्वाचित हुनु भएको छ । शनिवार प्रदेशको स्थायी राजधानी देउखुरीमा भएको प्रथम अधिवेशनबाट पन्थी अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो । अर्घाखाँचीका पन्थीको अध्यक्षतामा ४६ सदस्यीय प्रदेश समिति चयन भएको छ ।प्रदेश उपाध्यक्षमा दशरथ घिमिरे, बाँकेका लक्ष्मी तिमिल्सेना, महासचिवमा रुपन्देहीकी निरा गौतम (निरु), सचिवमा दाङका ओपेन्द्र बस्नेत निर्विरोध निर्वाचित हुनु भएको छ ।
यस्तै सचिबमा नवलपरासी पश्चिमका माधव बस्याल र कोषाध्यक्षमा प्युठानका एलवी थापा चयन हुनु भएको छ । सदस्यहरुमा दाङबाट ओमप्रकाश गुप्ता, किरण जिसी, छवी पुरी, विमला घर्ती, अमृता भुसाल, बालकृष्ण पाण्डे, शिव घर्ती, प्युठानबाट प्यार अलि खाँ, कृष्णराज पाण्डे, कमल विक, हेमराज खनाल, रोल्पाबाट भुवन केसी, बर्दियाबाट ज्ञानेन्द्रराज पोख्रेल, जनक चौधरी, बाँकेबाट लक्ष्मी चौधरी, सरला सुवेदी, खम्ब पुन, हुमहरि भट्टराई, खगेन्द्र दहाल, कपिलवस्तुबाट पार्वती आचार्य, अराजसिंह बेल्वासे, ओरिराम चौरसिया, शरद अधिकारी, रामप्रकट कोरी चयन हुनु भएको छ ।
अर्घाखाँचीबाट कमल विष्ट, गिताराम विष्ट, मधुकुमार श्रेष्ठ, कुराल बस्याल गुल्मीबाट ज्ञानबहादुर महतरा, कृष्ण अन्जान ज्ञवाली पाल्पाबाट केशव नेपाल, रामप्रसाद न्यौपाने, राजेन्द्र लिगल, कृष्ण पोख्रेल, नवलपरासी पश्चिमबाट मोहन पौडेल, रामजी लौडारी, नारायण पराजुली ,रुपन्देहीबाट माधवराज न्यौपाने, शशि पन्थी, मनिराम पन्त (मनिष), माधव भुसाल, कृष्ण खनाल, सत्यनारायण मानन्धर, मोहन ठाकुर, गोविन्द घर्ती र शान्ति विश्वकर्मा रहेका छन् । नवनिर्वाचितत पदाधिकारीहरुले पद तथा शपथ ग्रहण गरेका छन् ।