वर्तमान सरकारले राष्ट्रघाती काम गरिरहेको छ : एमाले सचिव विश्वकर्मा

 भालुवाङ २१ फागुन । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले अहिलेको वर्तमान सरकारले गरेका काम राष्ट्रघाती काम भएको बताउनु भएकाे छ । शनिवार  देउखुरीको राप्ती गाउँ पालिका ३ मा रहेको राप्ती प्राविधिक शिक्षालयमा प्रेस चाैतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम  अधिवेशनको उद्घाटन गर्दै  सचिव विश्वकर्माले सरकारले गरेका राष्ट्रघाती कामको प्रेस चाैतारी नेपालमा आवद्व सञ्चारकर्मीले खवरदारी गर्न आवश्यक रहेको बताउनुभएकाे हाे ।

प्रमुख अतिथि समेत रहनुभएका सचिव विश्वकर्माले अहिलेको स्थानीय तहको निवार्चनमा एमालेका उम्मेदवारले जित्नुपर्ने बताउँदै । अहिले एमाले रोज्नेहरूको लहर बढेकोले पार्टी प्रवेश कार्यक्रम समेत तिव्र गतिमा अगाडि बढेको बताउनुभयाे ।

लुम्बिनी प्रदेश अध्यक्ष शोभाकर पन्थीको अध्यक्षतामा भएको अधिवेशनमा एमाले  पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सुर्य थापा, नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी, चाैतारीका पुर्व कोषाध्यक्ष अक्षेरी केसी, पार्टीका अग्रज मोहन चापागाईं, पुर्व केन्द्रीय उपाध्यक्ष, पार्टीका केन्द्रीय सदस्य भरत केसी, प्रेस काउन्सिलका केन्द्रीय सदस्य शरद अधिकारी, चाैतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेल, पार्टीका केन्द्रीय सदस्य गंगा थारू, पोलिटव्युरो सदस्य ददिराम न्याैपाने, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त  गर्नुभएकाे थियाे ।

कार्यक्रममा चाैतारीमा आवद्व क्रियाशील पत्रकार र संगठनलाई सम्मान तथा पुरस्कृत गरिएको थियोे  भने थारू र मगर संस्कृति झल्किने साँस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो । प्रेस चाैतारी दाङका अध्यक्ष इन्द्र डिसीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन चाैतारीका लुम्बिनी प्रदेशका महासचिव भेषराज बस्नेतले गर्नु भएकाे थियाे ।

प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते शनिवार
प्रतिक्रिया