
फाईल फोटो
काठमाण्डौ,२१ फागुन । कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था शनिवारदेखि हटाइएको छ । उपत्यकाको तीनै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले शुक्रवार एक आदेश जारी गरी यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको जानकारी गराएका थिए । पछिल्लो समयमा कोरोना संक्रमण घट्दै गएकाले फागुन २१ गते शनिबार आज देखि लागू हुनेगरी कानुन बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्न÷गराउन उक्त आदेशमा भनिएको छ । आदेशमा यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरिएको छ ।।
प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते शनिवार