
सल्यान,२१ फागुन । नेकपा एमाले सल्यानले सचिवालय गठन र विभिन्न विभागहरु गठन संगै जिल्लाका सबै वडामा इन्चार्ज तोकेको छ । जिल्ला कमिटीको दोश्रो पूर्ण बैठकको निर्णयानुसार सल्यानका १० वटै स्थानीय तहका ८३ वटा वडामा इन्चार्ज तोकिएको एमाले सल्यानका अध्यक्ष गोविन्द कुमार पुनले जनाउनुभयो । यस्तै जिल्ला कमिटीमा ३३ सदस्यीय सचिवालय समेत गठन भएको छ । एमाले सल्यानले ११ वटा विभागहरु पनि गठन गरेको छ । जस अनुसार गोविन्द पुनले स्कुल विभाग, भिम बहादुर सेनले संगठन विभाग, ओज बहादुर बुढाथोकीले प्रचार विभाग, दान बहादुर केसीले स्थानीय विकास विभागको जिम्मेवारी पाउनुभएको छ । यस्तै महेश देवकोटालाई युवा परिचालन विभाग, गनेशमान सिंहलाई विद्यार्थी विभाग, सनसिल्ता वलि डिसिलाई महिला विभाग, चित्र बहादुर रानालाई खेलकुद विभाग, पुष्पा बोहरालाई स्वास्थ्य तथा जनसंख्या विभाग, दिपेन्द्र प्रकाश डिसिलाई सामाजिक विकास विभाग, नरभुपाल शाहलाई उद्योग व्यवसाय विभागको जिम्मेवारी दिइएको एमाले सल्यानले जनाएको छ । यस्तै घनश्याम शर्मालाई बन तथा बाताबरण विभाग, लाल बहादुर रावतलाई कानुन विभाग, अकबर पुनलाई शिक्षा मानव श्रोत विभाग, जनक विकलाई निर्वाचन विभाग, किशोर हमाल लाई सहकारी तथा गरिवि निवारण विभाग, केशव सिंह श्रेष्ठ लाई वित्त तथा कोष व्यवस्थापन विभाग र तोपानन्द केसी लाई श्रम तथा रोजगार विभागको जिम्मेवारी दिइएको एमाले सल्यानका सचिव ओज बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
एमाले पोलिटब्युरो सदस्य गुलावजंग शाहको प्रमुख आतिथ्यतामा शुक्रबार नेकपा एमाले जिल्ला कमिटी सल्यानको पूर्ण बैठक खलंगामा सम्पन्न भएको थियो । उक्त बैठकमा प्रमुख अतिथी शाहसंगै कर्णाली प्रदेश कमिटी सदस्य मनोज कुमार प्रधान लगाएतले निर्देशनात्मक मन्तव्य संगै शुभकामना व्यक्त गर्नुभएको थियो ।
नेकपा एमाले गठन गरेको ३३ सदस्यीय सचिवालय यस प्रकार छ ।
१) गोविन्द पुन
२) भिम बहादुर सेन
३) ओज ब बुढाथोकी
४) दान ब केसी
५) पुष्पा बोहरा
६) लाल ब रावत
७) जनक विक
८) अकवर पुन
९)रेशम राज शर्मा
१०) बालकृष्ण महर
११) नरभुपाल शाह
१२) बुद्धि केसी
१३) घनश्याम शर्मा
१४) महेश देवकोटा
१५) ओम ब बुढा
१६) कवि चन्द
१७) दिपेन्द्र डिसी
१८) रुद्रवीर घर्ती
१९) सनसिल्ता वलि डिसी
२०) सरिता हमाल
२१) इन्द्र पुन
२२) भिमला देवि चन्द
२३) केशव सिं श्रेष्ठ
२४) आशा वलि
२५) गनेशमान सिंह
२६) किशोर हमाल
२७) चन्द्रिका पुन
२८) निर्मला रोका
२९) पुतला खडका
३०) भोला प्रशाद बुढाथोकी
३१) सञ्जिता शर्मा
३२) इन्द्र ब वलि
३३) चक्र विएम