खानेपानीलाई व्यवस्थीत गर्ने तयारीमा छौ : नगर प्रमुख पाण्डे

तुलसीपुर, २० फागुन । नेपाल नगरपालिका संघका केन्द्रिय कोषाध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले खानेपानीलाई व्यवस्थीत गर्नका लागि खानेपानी तथा सरसफाई ऐनको मस्यौदा तयार भएको बताउनु भएको छ । नेपाल नगरपालिका संघको आयोजनामा शुक्रबार तुलसीपुरमा आयोजीत स्थानिय तह खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रगत सुशासन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

हामी स्वायत्त हौं भन्ने कतिपय खानेपानी समितिहरुको अडानका कारण ऐन पारित हुन नसकेको भन्दै उहाँले ९० प्रतिशत घरमा खानेपानी पुगेको बताउनुभयो । खानेपानीको दिगो व्यवस्थापनका लागि खानेपानी तथा सरसफाई योजना आबश्यक रहेको बताउँदै नगर प्रमुख पाण्डेले योजनाका साथ उपभोक्तालाई सहज रुपमा पानी पुर्याउने उद्देश्यले अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममका अन्य वक्ताले खानेपानीलाई प्रथामिकता दिनुपर्नेमा जोड दिएका छन् । बाटो, कुलो भन्दा महत्वपूर्ण, पिउने पानी भएकाले खानेपानी योजनामा ठूलो लगानी गर्नुपर्ने उनिहरुले बताएका छन् ।

पानीबिना सरसफाई असम्भव भएकाले एक घर एक धाराको नीतिलाई व्यवहारमा कार्यान्वयन गर्नु पर्नेमा उनिहरुको जोड थियो । कार्यक्रममा, नेपाल नगर पालिका संघका व्यवस्थापक उमाशंकर यादवले खानेपानी सरसफाई सम्बन्धि ऐन, वास सूचना व्यवस्थापन प्रणालीको अभाव, सरसफाईका चुनौति, वित्तिय व्यवस्थापन, पूर्वाधार विकास, संस्थागत व्यवस्थाहरु, योजना, नियमन, नीति निर्माणका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

सो अवसरमा तुलसीपुर उपमहागनरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधी तीवारी, वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक नवराज लामीछाने, आर्थिक समितिका संयोजक माधव वली, सरसफाई समितिका संयोजक ओमपी न्यौपाने, अश्वारा खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष यमबहादुर विक, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष सीताराम शर्मा सचिव शेवकराम भण्डारी लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका सूचना अधिकारी बाबुराम न्यौपानेल गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २० गते शुक्रवार
प्रतिक्रिया