
तुलसीपुर, २० फागुन । भुगोलका आधारमा उपयुक्त ठाउँको छनौट गरेर अस्वारा खानेपानीकाे पाइपलाईन विस्तार गरिने भएको छ । अस्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको आयोजनमा शुक्रबार बसेको सर्बदलिय सर्बसक्षिय बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कर्यालय दाङको प्राविधिक स्टमेट अनुसार उपयुक्त ठाउँको छनौट गरेर काम गर्नका लागि उपभोक्ता समितिका अध्यक्ष शीवहरी भण्डारी, पूर्व अध्यक्ष तीलक बहादुर बस्नेत र खानेपानी समितिका वरिष्ठ प्राविधिक टोपबहादुर बस्नेत रहेको तीन सदसीय समिति गठन गरिएको छ ।
समतिले विज्ञहरुको परामर्शमा ठाउँको छनौट गरेपछि पाइपलाईन बिस्तारको काम गरिने छ । शाखा लाईन विस्तारको क्रममा बिबाद वा अबरोध सृजना भएमा त्यसको निरुपण सम्बन्धित टोल विकास संस्थाका प्रतिनिधिले गर्ने निर्णय भएको छ । त्यैसगरी पाइलाइन खन्न र पूर्नका लागि आवश्यक पर्ने आर्थिक सहयोगका लागि ८ नम्बर वडा कार्यालय, उपमहानगरपालिकासंग माग गर्ने निर्णय गरिएको छ ।
समितिका अध्यक्ष शीबहरी भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका–८का वडा अध्यक्ष वेदबहादुर केसीको प्रमुख आथित्यमा बैठक भएको थियो । सर्बदलिय बैठकमा नेकपा एमालेका धर्मराज वली, नेपाली कांग्रेसका वडा सभापति केशव लामीछाने, अस्वारा सामुदायिक वन उपभोक्ता समूहका सचिव निमबहादुर खड्का, खानेपानीका पूर्व अध्यक्षहरु तीलक बहादुर बस्नेत, देबराज खड्का, समाजसेवी योगेन्द्र बहादुर शाह, शेषमणी शर्मा, उपभोक्ता चक्रबहादुर भण्डारी लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण सचिव ओपेन्द्र बस्नेतले गर्नुभएको थियो ।