अनेमसंघ नगर कमिटीको प्रथम बैठक तुलसीपुरमा सम्पन्न

तुलसीपुर, १९ फागुन । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ नगर कमिटीको प्रथम बैठक तुलसीपुरमा सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष यमुना परियारको अध्यक्षता एवं नेकपा एमाले जिल्ला कमिटी सदस्य तुलसा पोख्रेलको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा एमाले नेतृहरु युवा करारा, वसन्ता सापकोटा, छवि खराल, गंगा वली,सपना भण्डारी बस्नेत,  लगाएतले महिला अधिकार स्थापितका लागि संगठित हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन १९ गते बिहिवार
प्रतिक्रिया