
तुलसीपुर, १९ फागुन । नेपाल पत्रकार महासंघ दाङका सदस्य सुमन केसीको बुवा स्वर्गिय खीमबहादुर के.सीको १३ औँ दिनको पुण्यतिथिको अवसरमा श्रद्धान्जली सभा सम्पन्न गरिएको छ । गत फागुन ७ गते ४५ बर्षको उमेरमा केसीको निधन भएको थियो । तुलसीपुर १५ निवासी केसीको १३ औँ दिनको पुण्य तिथिको अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखा, प्रेस सेन्टर दाङ, नेपाल प्रेस युनियन दाङ र प्रेस चौतारी दाङको सयुक्त आयोजनामा श्रद्धान्जली सभाको आयोजना गरिएको हो ।
नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका गोपाल शर्मा भट्टराई र प्रेस सेन्टरका जिल्ला उपाध्यक्ष एवं तुलसीपुर उपमहानगरपालिका अध्यक्ष दामोदर बस्नेत (राकेश) ले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा सहभागीलाई स्व.केसीका बुवा हुमबहादुर केसीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव आर.के.शीतलले गर्नुभएको थियो ।