निर्वाचन आयोगले चैत्र १० गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने

कामाडौं १९ फागुन । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रुप दिने प्रक्रिया अघि बढाएको छ । आयोगले चैत्र १० गते अन्तिम नामावली प्रकाशन गर्ने योजना बनाएको छ । विभिन्न ठाउँबाट सङ्कलन भएका नामावलीहरु जिल्ला जिल्लामा पठाइसकिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनु भयो । उहाँका अनुसार अव जिल्लाले प्रिन्ट गरेर ती नामावलीहरु एक–एक कपी वडा कार्यालयमा सार्वजनिक गर्नका लागि पठाउँछ ।

नामावलीमा विवरण छुट्ने, बिग्रने, दोहोरिने, मृत्यु भएका मानिसहरूका नाम हटाउनेलगायतका काम स्थानीय तहले गर्ने उहाँले बताउनु भयो । यस्तै, मतदाता नामावली दर्ता गर्दा जिल्ला फरक भएमा नाम, थर, उमेर लगायतका त्रुटि भएमा सच्याउने काम स्थानीय तहले गर्ने सहायक प्रवक्ता आर्यालले को भनाई छ । वडाबाट यसरी विवरण शुद्धीकरण भएपछि जिल्ला निर्वाचन कार्यालयमा नामावली पुग्ने उहँले जानकारी दीनु भयो ।  त्यस लगत्तै जिल्ला निर्वाचन कार्यालयले गल्ती सच्याएर निर्वाचन आयोगमा अन्तिम विवरण पठाउँछ । अन्यमा जिल्लाबाट आएका नामावलीलाई प्रक्रिया पु(याएर आयोगले अन्तिम मतदाता नामावली तयार गरी सार्वजनिक गर्नेछ । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १९ गते बिहिवार
प्रतिक्रिया