
तुलसीपुर, १९ फागुन । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले विद्यार्थीको विमा गर्न थालेको छ । प्राविधिक धारका विद्यार्थीहरुको विमा गरेर कलेजले यस्तो कार्यक्रमको सुरुवात गरेको हो । विद्यार्थीलाई हुने कुनै पनि खालको जोखिमबाट सुरक्षित राख्नका लागि कलेजले आफै विमा गर्न थालेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिनुभयो । “प्राविधिक धारका विद्यार्थीहरु फिल्डमा काम गर्ने भएकाले कहिलेकाही चोटपटक लाग्ने जोखिम हुन्छ त्यही कुरालाई मध्यनजर गरेर हामीले विमा गरेका हौ ” कलेज प्रमुख आचार्यले उहाले भन्नुभयो ।
उहाले विद्यार्थीलाई सुरक्षित तवरले काम गर्नका लागि कलेजले सुरक्षा व्यवस्था अपनाएको भएपनि कहिलेकाही चोटपटक लाग्न सक्ने जोखिमका लागि विमा गरेको वताउनुभयो ।तुलसीपुरमा रहेको एनएलजी इन्स्योरेन्स कम्पनी मार्फत शिक्षालयले पहिलो चरणमा आइटी अध्ययनरत विद्यार्थीहरुको विमा गरेको हो । कम्पनीका तुलसीपुर शाखा प्रमुख सुरेश वस्नेतले कम रकममा पनि धेरै जोखिमलाई विमाले समेटेको बताउनुभयो । शाखा प्रमुख बस्नेतले विमाको कागजपत्र कलेज प्रमुख आचार्यलाई हस्तान्तरण गर्नुभएको थियो ।