ग्याल्बो ल्होछार पर्वको आज सार्वजनिक विदा

फाईल फोटो

काठमाण्डौ,१९ फागुन । आज ग्याल्बो ल्होछार पर्व शेर्पा समुदायले धुमधामका साथ मनाउँदैछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ ।

यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा समुदाय बताउँछ ।शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ।ग्याल्बो ल्होछारका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १९ गते बिहिवार
प्रतिक्रिया