
फाईल फोटो
तुलसीपुर,१८ फागुन । तुलसीपुरमा मोटर साइकलको ठक्करबाट एक जना बृद्ध घाइते हुनुभएको छ । घाइते हुनेमा दंगीशरण गाउँपालिका ५ बालापुर बस्ने ६२ वर्षीय यम बहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । बुधवार चार बजे तुलसीपुर बसपार्क स्थित रा १ प ६२९० नम्बरको मोटरसाइकलले पैदल यात्री विकलाई ठक्कर दिएको प्रहरीको भनाई छ । घाइते विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले बताएको छ । ठक्कर दिने मोटरसाइकल चालक भने फरार रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते बुधवार