भोली देखी रक्त संञ्चार सेवा केन्द्र सञ्चालनमा

तुलसीपुर,१८ भदौ । तुलसीपुरको अञ्चल अस्पताल परीसरमा भोली देखी रक्त संञ्चार सेवा केन्द्र सञ्चालनमा आउने भएको छ । तुलसीपुरको अञ्चल अस्पताल परीसरमा रहेको कालीकादेवी स्मृती भवनमा नेपाल रेडक्रस सोसाईटीले रक्त सञ्चार सेवा सञ्चालनमा ल्याउन लागेको नेपाल रेडक्रस सोसाईटी दाङ शाखाका अध्यक्ष नारायण आचार्यले जानकारी दिएका छन ।

उक्त स्थानमा समाजसेवी बामदेब उपाध्यायले आफ्नी श्रीमती कालीकादेबीको नाममा स्थापना गरीदिएको कालीकादेवी स्मृती भवनबाट नेपाल रेडक्रस सोसाईटीले सोमबार देखी रक्त सञ्चार सेवा सञ्चालनमा ल्याउन लागेको हो । झण्डै ५ बर्ष पछि तुलसीपुरमा रेडक्रसको अगुवाईमा रक्त सञ्चार सेवा सञ्चालन आउने भएपछी यस क्षेत्रका सेवाग्राही तथा स्थानिय नागरीकहरु खुसी भएका छन । रक्त सञ्चार सेवा केन्द्र सञ्चालनमा लामो समय देखी समस्या रहदै आएको थियो ।

अस्पतालको हाता भित्र दाता बामदेव उपाध्यायले झण्डै ६० लाखको लागतमा निर्माण गरिदिएको कालीकादेवी रक्त सञ्चार भवन अलपत्र परेको थियो । सो स्थानबाट सेवा सञ्चालन गर्न बिभिन्न व्यक्तीहरुले बिशेष पहल गरेपछी रक्त सञ्चार सेवा केन्द्रको सञ्चालन गर्ने सहमती कायम भएको थियो । रक्त सञ्चार सेवा सञ्चालनको तयारी पुरा भैसकेको र सोमबार देखी सञ्चालनमा आउने रक्त सञ्चार सेवा केन्दको लागी बिभिन्न व्यक्ती र सँस्थाहरुबाट सहयोग समेत प्राप्त भएको छ ।

नेपाल रेडक्रस सोसाईटीको ५५औं स्थापना दिवसको अबसरमा सोमबार बीहान अञ्चल अस्पताल तुलसीपुरको हाता भित्र रहेको रक्त सञ्चार सेवा केन्द्र उद्धघाटनको लागी नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय अध्यक्ष संजीब कुमार थापा लगाएतको टोली आजनै तुलसीपुर आईसकेको बताईएको छ । साथै तुलसीपुरमा रहेको रक्त सञ्चार सेवा उद्धघाटन कार्यक्रममा उपस्थित भैदीन नेपाल रेडक्रस सोसाईटी दाङ जिल्ला साखाका सभापती नारायण आर्चायले सबैमा अनुरोध समेत गर्नु भएको छ ।।

प्रकाशित मिति : २०७४ भाद्र १८ गते आइतवार
प्रतिक्रिया