तुलसीपुर, १५ भदौ
प्रहरी अतिरिक्त महानिरीक्षक मिङमार लामाले पहिलो काम गुण्डालाई तहलाउने भएको बताउनुभएको छ । बिहिबार साविकको अञ्चल प्रहरी कार्यालय राप्ती तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर लामाले विभिन्न आवरण बोकेका गुण्डाहरुबाट नै अधिकाँस अपराधिक घटनाहरु हुनेभएकाले गुण्डालाई तहलगाउनुको विकल्प नभएको बताउनुभयो । ‘मेरो काम शान्ति सुरक्षा गराउनु हो, जनतालाई प्रहरी छ भन्ने अनुभूति गराउनका लागि प्रहरी दिनरात खट्छ, त्यसमा कुनै सन्देह छैन, –अतिरिक्त महानिरीक्षक लामाले भन्नुभयो’– तपाईहरुले पनि सहयोग गर्नुपर्छ ।’
दाङमा धेरै पुराना हत्याका घटनाहरुमा संलग्न अपराधीहरु अहिले सम्म पत्तानलागेको जानकारीमा आएको त्यसको छानविन गरि दोषीलाई कानुनी कट्घरामा उभ्याउन सिआइविको टोलीलाई खटाउने उहाँले बताउनुभयो । नेपाल सरकारले संघिय प्रहरी ईकाई कार्यालयको मुकाम तुलसीपुर तोकेपछि तुलसीपुर आउनुभएका लामाले मंसिरपछि सांगठनिक संरचना, स्वरुप र सेवाप्रभाहका विषयमा थाहा हुने बताउनुभयो । इकाई कार्यालय हाललाई घोराही रोडमा खाली रहेको कृषी विकास बैंकको भवनबाट सुचारु गरिने उहाँले बताउनुभयो । प्रहरी अतिरिक्त महानिरीक्ष लामाले अपराध नियन्त्रणसंगै भ्रष्टाचार न्युनिकरणका लागि पनि काम गर्ने बताउनुभयो ।