विवाद मिलाउनका लागी क्षमता अभिबृद्धि तालीम

तुलसीपुर,१५ भदौ । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १ भमकेमा जनवकालत तथा मेलमिलापबारे क्षमता अभिबृद्धि तालीम सम्पन्न भएको छ । दलित महिला सँघ दाङको आयोजना तथा फाउण्डेसन फर जष्ट सोसाईटीको सहयोगमा एकिकृत कार्यगत सञ्जालका सदस्य तथा दलित महिला समुहका सदस्यहरुलाई उक्त तालीम दिईएको थियो । तीन दिन सम्म चलेको तालीममा स्थानिय तहमा सरोकावाला सँग कसरी वकालत गर्ने , महिलाहरुको पहुच कसरी बृद्धि गर्ने, झै झगडा लाई समुदाय स्तरमा कसरी मिलाउने लगायतका बारेमा प्रशिक्षण दिईएको संस्थाका कार्यक्रम संयोजक पोषण सेन्चुरीले जानकारी दिनुभएको छ ।

यसैविच तालीमको एक कार्यक्रका विच समापन भएको छ । एकिकृत कार्यगत सञ्जालका अध्यक्ष हुमाकान्त नेपालीको अध्यक्षता तथा वडा अध्यक्ष लक्ष्मण भण्डारीको प्रमुख आतिथ्यमा तालीमको समापन भएको थियो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले गाउमा हुने सामन्य विवाद लाई समाधान गर्न तालीमले निकै महत्व राख्ने विश्वास ब्यक्त गर्नुभएको थियो ।

समापन अवसरमा प्रशिक्षकहरु निर्मल नेपाली, जानका रेग्मी, र प्रशिक्षार्थीबाट कृष्ण आचार्य, लगायतले बालेका थिए । कार्यक्रमको सहजिकरण संस्थाकी सामाजिक परीचालक जानकी विश्वकर्माले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७४ भाद्र १५ गते बिहिवार
प्रतिक्रिया