वेपत्ता परीवारको पिडा : “बोलाएको जस्तो कानघारा लाग्छ”

ओपेन्द्र बस्नेत,तुलसीपुर १५ भदौ । बाहिरबाट घर जाँदा श्रीमान आएर घरमा बस्नुभएको छ कि भन्ने आश लाग्छ ।’र्, गहभरी आँसु पार्दै तुलसीपुर उपमहानगरपालिका १५ पहरुवा निवासी सोमली चौधरीले भनिन’–कहिले त राती सुतेको बेला ढोकाखोल भनेर बोलाएको जस्तो कानघारा पनि लाग्छ ।’  गस्तीमा गएको नेपाली सेना, शसस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले २०५९ भदौ २१ गते चौवाखोलामा धुर्यपुजा गर्न जम्मा भएका सोमलीका श्रीमान कुइरा चौधरी सहित ६ जनालाई पक्राउ गरेर लगेको थियो ।

थारु जातिका सबै जम्मा भएर पुजा गर्दै थियौं, कताबाट सेना आयो र मेरो श्रीमान र अरु पाँच जनलाई तीमीहरुसंग काम छ, भन्दै लगेर गयो उहिले देखि घरमा आउनु भएको छैन यहि भदौ २१ गते पन्ध्र बर्ष पुग्छ ’ उनले भनिन् । पक्राउ पर्नेमा सोही ठाउँकी रतिकला चौंधरीका श्रीमान सोमराज चौंधरी पनि थिए । उनि पक्राउ पर्दा घरमा चार, तीन र एक बर्षका छोराछोरी थिए । उनिहरु अहिले १६ देखि १९ बर्ष उमेरका भईसके र्। कान्छो छोराले आमा हाम्रो बुबा कहिले आउनुहुन्छ भनेर सोधिरहन्छ , मैले एक दिन आउनुहुन्छ भनेर भन्छुर्, आँसु पुच्छदै रतिकलाले भनिन’ राज्यले कि म¥यो भनिदिनु प¥यो कित जिउँदै ल्याइदिनु प¥यो ।’

रतिकलाका अनुसार पहरुवाका ६ जना वेपत्ता परिवारले १४ बर्षपछि शान्ति समिति दाङमा खोजविनका लागि गएको बर्ष उजुरी दिएका छन् ।
त्यस्तै २०५९ जेठ २९ गते तुलसीपुर बजारमा मल किन्न आएका दंगीशरण गाउँपालिका ३ चितावनपुर निबासी मसुरी चौंधरीका श्रीमान हरिराम चौंधरी र देवर अहिले सम्म घरफर्केर गएका छैनन् । दुवैजना बर्षे खेतिका लागि मल ल्याउन साईकल लिएर तुलसीपुर बजार आएका थिए । उनिहरु अहिलेसम्म काँहाछन्, कसले लग्यो कुनै अत्तोपत्तो छैन । श्रीमान वेपत्ता हुदा गर्भमा ३ महिनाकी छोरी थिइन् । घरमा कमाईकजाई गरेर पालनपोषण गर्ने श्रीमान वेपत्ता भएपछि दुःखका दिन सुरु भएको उनले बताइन् ।

कार्यक्रममा बोलाउदै बोल्नुहोस भन्छन्, विर्सीन लागेको घाउलाई पुनः बल्झाईदिन्छन साह्रै दुःख लाग्छ, वेपत्ता श्रीमान र देवरलाई कसैले ल्याईदिने होईनन्’ मसुरीले गुनासो गरिन । सरकारले वेपत्ता परिवारलाई दुई चरणमा पाँच÷पाँच लाखका दरले दश लाख उपलब्ध गराएपनि मरेको बाँचेको अत्तोपत्तो नहँुदा मन सन्तोष हुन नसकेको उनिहरुले बताएका छन् । दशलाख रुपैयाँ, छोराछोरीको पढाइ खर्च, औषधि उपचार र खाँदाखाँदै सकिएकाले वेपत्ता परिवारको गाँसवासका लागि राज्यले रोजगारीको व्यवस्था गर्नु पर्ने उनिहरुले माग गरेका छन् ।

शान्तिसमिति दाङका सचिव हेमराज अधिकारीका अनुसार जिल्लामा खोजविनका लागि १सय ३६निवेदन पेश भएकोमा ६६परिवारले राहत पाएका छन् । ६६ परिवारले पटपटक गरेर नेपाल सरकारवाट १० लाख राहत रकम पाएको सचिवले जनाकारि दिए । वेपत्ता नागरिक खोजविनका लागि आयोगले हाल काठमाण्डौमा काम शुरुगरेको र दशै तिहार पछि प्रत्यक जिल्लमा आयोगका कर्मचारी परिचालित हुने जानकारी आएको पनि उनले बताए ।

प्रकाशित मिति : २०७४ भाद्र १५ गते बिहिवार
प्रतिक्रिया