तुलसीपुर,१५ भदौ । चर्पीमा राखेको ड्रममा डुवेर दाङमा एक बालीकाको मृत्यु भएको छ । तुलसिपुर उपमहानगरपालिका वडा न १८ बर्लेनी बस्ने ओम बहादुर सुनारकी ढाई बर्षिय छोरी बिमला सुनारको ड्रममा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो दिउसो ४ बजेको समयमा खेल्ने क्रममा चर्पीको ड्रममा परेको प्रहरीले बताएको छ ।
शवलाई पोष्र्टमका लागी अञ्चल अस्पताल तुलसीपुरमा राखीएको ईलाका प्रहरी कार्यालय तुलसीपुर प्रहरी निरीक्षक विबेक कुमार शाले बताउनुभएको छ ।
प्रकाशित मिति : २०७४ भाद्र १५ गते बिहिवार