वेपत्ता परिवारलाई राज्यले उपेक्षा गरेको आरोप

तुलसीपुर १४ भदौ
शसस्त्र युृद्ध शुरुभएपछि राज्य पक्ष र विद्रोहि पक्षवाट वेपत्ता पारीएका परिवारले राज्यले आफुहरुलाई उपेक्षामा राखेको वताएकाछन । अन्तराष्ट्रिय वेपत्ता दिवसका अवसरमा नेपाल रेडक्रस शोसाईटी दाङले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा वेपत्ता परिवारका सदस्यहरुले राज्यले वेपत्तापरिवारलाई वेपत्ताको यर्थात जानकारी गराउनुपर्ने माग गरेका छन् ।
उनिहरुले पैसामा मानिसको जीवनको मुल्य गरेर नहुने भन्दै परिवारलाई राहत सहित यथार्थ जानकारी दिई आफनो संस्कार अनुसार मृत्यसंस्कार गर्ने वाटो खोल्दीनुपर्ने बताएका छन् ।  सो अवसरमा तुलसीपुर उपमहानगरपालिका उप प्रमुख माया आचार्यले वेपत्तापरिवारको लगत संकलन गरेर राहत कार्यक्रम ल्याउन आफुले पहलगर्ने प्रतीवद्धता गर्नुभयो ।
कार्यक्रममा शान्तिसमिति दाङका सचिव हेमराज अधिकारीले जिल्लामा खोजविनका लागि १सय ३६निवेदन पेश भएकोमा ६६परिवारले राहत बताउनुभयो ।

 

प्रकाशित मिति : २०७४ भाद्र १४ गते बुधवार
प्रतिक्रिया