तुलसीपुर, १३ भदौ
शिभिल बैंक तुलसीपुर शाखाले मंगलबार तुलसीपुरमा जनप्रतिनीधिसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमलाई समम्बोध गदै तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले आयआर्जनमुखी काममा बढी लगानी गर्न आग्रह गर्नुभयो । पहुँचवालाको मात्रै बैंक भन्दा पनि सर्वसाधारण नागरिकको पनि बैंक हो, भन्ने अनुभूति गराउन उनिहरुलाई सहजरुपमा कर्जा उपलब्ध गराउनु पर्ने बताउनुभयो ।
शिभिल बैंक पश्चिम क्षेत्र प्रमुख युवराज गुराँगाईको अध्यक्षतामा भएको कार्यक्रमा नगर उपप्रमुख मायाँ आचार्य, १२ नम्बर वडा अध्यक्ष श्याम डाँगी, कार्यपालिका सदस्य देवराज विक, ७ नम्बर वडा अध्यक्ष टोपबहादुर केसी, लगाएतले बोल्नु भएको थियो ।
५३ शाखा रहेको बैंककोे अधिकृत पुँजि १० अर्ब र चुक्ता पँुजि ५ अर्ब १८ करोड रहेको छ । देशभर एक लाख पचास हजार ग्राहक रहेको बैकले दाबी गरेको छ । शो अवसरमामा नगर प्रमुख, उप प्रमुख र १९ वडाका वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।।