कैदि बन्दीका बालबालीकालाई झण्डै एक लाख छात्रवृत्ति वितरण

तुलसीपुर १३ भर्दौ ।  पिडित सेवा संघ तुलसीपुरले कैदिबन्दीका बालबालीकालाई झण्डै एक लाख रुपैयाँ छात्रवृत्ति वितरण गरेको छ । तुलसीपुर कारागारमा रहेका कैदी बन्दीका ३५ जना बालबालीकालाई तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरेर सहयोग स्वरुप तीन महिनाको तीन हजारका दरले ९६ हजार ६ सय रुपैयाँ छात्रवृत्ति वितरण गरेको हो ।
पिडित सेवासंघले एकै घरका तीन जना बालबालीका भएकाको हकमा भने प्रति व्यक्ति एक हजार, आठ सय र सात सय रुपैयाँ वितरण गर्ने गरेको छ ।
छात्रवृत्ति वितरण कार्यक्रमा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले आपत र समस्यामा परेकाबेला सेवा गर्नु त्यो नै मानविय धर्म भएको बताउनुभएको छ ।  कैदी वन्दीका बालबालीकालाई छात्रवृत्ति वितरण गर्दै पाण्डेले अपठेरो र दुःखमा परेकाहरुलाई सहयोग गरेर विगत देखिनै पिडित सेवा संघले राम्रो काम गर्दै आएको बताउनुभयो ।
ईसाइ समाजका जिल्ला अध्यक्ष शालीकराम शाहुको अध्यक्षता एवंम नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । कार्यक्रमा पिडित सेवा संघ राप्तीका टोपबहादुर महतारा, गिता महतारा, अपाङ्ग संघका बच्चुराम परियार, कैदि बन्दीको तर्फबाट समिति चौधरी, लगाएतले आ–आफना भनाई राखेका थिए ।

प्रकाशित मिति : २०७४ भाद्र १३ गते मङ्गलवार
प्रतिक्रिया