भारतले बाँधेको बाँधका कारण तराई डूवानमा परेको होइन : सिचाई राज्य मन्त्री पुन

ओपेन्द्र बस्नेत,तुलसीपुर १३ भदौ । सिंचाई राज्य मन्त्री अम्मरसिङ पुनले प्राविधिक कारणले तराई क्षेत्र बर्षेनी डूवानमा पर्दै आएको बताउनुभएको छ । रिपोटर्स क्लव दाङले तुलसीपुरमा आयोजना गरेको साक्षातकार कार्यक्रमा मन्त्री पुनले भारतीय पक्षले बाँधेको बाँधका कारण नभई प्राविधिक कारणले नै तराई क्षेत्र डूवानमा पर्ने गरेको बताउनुभयो ।

भारतीय पक्षले नदिहरुमा गरेको तटबन्धका कारण नेपाली भूभाग बर्षेनी डूवानमा पर्दै आएको छ भनेर यसलाई राजनीतिक मुद्दा बनाइएको छ,– सिचाई मन्त्री पुनले भन्नुभयो,– यो प्राविधिककारण हो ।’ प्रधान मन्त्री शेरबहादुर देवाले भारतमा गरेको कतिपय सहमतिलाई नेपालमा प्रतिपक्षले उछितो काडेको भन्दै आफनो पालामा कुरा उठाउन नसक्नेले अर्काले गरेको कामको खोइरो खन्नु त्यसको तुक नभएको बताउनुभयो ।

‘उनिहरु पनि सरकारमा गएकै हुन । भारतले बाँधेको बाँधका काकरण तराई डूवानमा प¥योे भनेर किन बाँध भत्काउन सक्दैदन ? एमाले प्रति इङ्गित गर्दै –‘सिचाई मन्त्री पुनले भन्नुभयो’ – उनिहरु पनि भ्रमणमा गएककै हुन किन कुरा उठाउन सकेनन ?’ वर्तमान सरकारका सामु निर्वाचन , संबिधान कार्यान्वयनका साथै वाढीपहिरोबाट भएको क्षेतिको पुर्ननिमार्ण गर्नु रहेको उहाँले बताउनु भयो ।

बाढीले देशका बिभिन्न भागमा ठुलो क्षेति पु¥याएको भन्दै त्यसको पुर्ननिमार्ण गर्नु सरकारका सामु ठुलो चुनौति रहेको बताउनु भयो ।
त्यसैगरी उहाँले देशभर भइरहेको बाढीपहिरोको क्षेतिका विवरण संकलनको कार्य भइरहेको भन्दै क्षेतिका आधारमा भौतिक संरचना निर्माणमा जुट्ने बताउनुभयो । क्लवबका अध्यक्ष सरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव बिमल गौतमले गर्नुभएको थियो भने स्वावत मन्तव्य रिपोटर्स क्लब रोल्पाका अध्यक्ष सन्तोष शर्माको गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ भाद्र १३ गते मङ्गलवार
प्रतिक्रिया