तुलसीपुर, १० भदौ
श्रम तथा रोजगार राज्य मन्त्री डिल्ली बहादुर चौधरीले आफनो कार्यकालमा दाङमा दुई अर्ब रकम ल्याउने दाबी गरेका गर्नु भएको छ । रिपोर्टस क्लव दाङले तुलसीपुरमा गरेको कार्यक्रममा मन्त्री चौधरीले दाङको विकासका लागि दुई अर्ब रुपैयाँ ल्याउने बताउनुभयो ।
‘अर्थमन्त्री लगाएतक विभिन्न मन्त्रीहरु मैलेचिनेका हुनुहुन्छ, उहाँहरुसंग पनि मेरो कुरा भएको छ, मन्त्री चौंधरीले भन्नुभयो, ‘सडक, सिंचाई र बाढीपिडितका लागि ४ महिनामा दुई अर्ब रकम ल्याउँछु ।’
गाउँगाउँका सडकलाई कालोपत्रे गर्नकालागि नगरपालिकासंग समन्वय गरेर अघि बढ्ने बताउदै चौधरीले युवा रोजगारको कार्यक्रमलाई पनि संगैलिएर जाने बताउनुभयो । ‘म श्रम तथा र रोजगार मन्त्री भएकालेपनि मेरो पहिलो प्रथामिकता व्यरोजगार युवालाई रोजगार दिलाउनु हो । दाङलाई रोजगारको हबका रुपमा विकास गर्ने तयारी गरेको छु ।’ मन्त्री चौधरीले भन्नुभयो ।
युवाहरुलाई रोजगारी दिनका लागी बिभिन्न खाले सिपमुलक तालिमहरु संचालन गरिने बताउनु भयो । पहिलो काम नेपालमै युवाहरुलाई रोजगार दिने बातावरण वनाउनु रहेको बताउँदै उहाँले त्यसका लागि पहल गरिरहेको बताउनु भयो । त्यसैगरी मन्त्री चौरीले चौधिरले दाङलाई प्रदेशको राजधानी बनाउन आवश्यक पर्ने पुर्वाधारको व्यवस्थामा लागेको बताउनुभयो । ‘तुलसीपुरमा प्रदेश स्तरका कार्यालयहरु खुल्न सुरु गरिसकेका छन्, त्यसले पनि दाङ राजधानी हुने कुरालाई पुष्टि गर्छ, –मन्त्री चौंधरीले भन्नुभयो, हामी यहाँ र उहाँ भनेर लड्नु हुँदैन त्यसले हामीलाई कम्जोर बनाउछ ।’
पत्रकार सम्मेलन क्लबका अध्यक्ष सरद रेग्मीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजीकरण सचिव बिमल गौतमले गनुर्न भएको थियो ।
व्यपारीले गरे सुरक्षको माग
यसैविच तुलसीपुरका व्यपारीहरुले श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौंधरीलाई शान्ति सुरक्षालाई चुस्तदुरुस्त बनाउन आग्रह गरेका छन् । विभिन्न खाले अपराधिक कृयाकलापले तुलसीपुर क्षेत्र परिचत हुनलागेको भन्दै व्यापारीले नागरिकलाई गरिखाने वातावरणको सृजना गर्न आग्रह गरे ।
तुलसीपुर उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा व्यापारीले उनिहरुले व्यवसायीक सुरक्षाको पुर्ण प्रत्याभुति दिलाउन माग गर्दै तुलसीपुर एअरपोर्ट संचालन , लमहि तुलसीपुर सडको स्तर उन्नति तथा सुर्खेत जोडने सडक कालोपत्रेका लागी पहल गर्न मन्त्रि चौधरिको ध्यानकर्षण गराएका थिए । बाणीज्य संघका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रम निवर्तमान अध्यक्ष बिमल रिजालले बाढिले पु¥याएको क्षेतिको पुर्न निमार्ण र पिडितहरुलाई तत्काल पुर्नवासको ब्यवस्थाका लागि पहल गर्न आग्रह गर्नुभयो ।