सल्यानमा पिकअप गाडी दुर्घटना, एक जनाको घटनास्थलमा मृत्यु

बुद्धि पुन , सल्यान ९ भदौ । सल्यानमा पिकअप गाडी दुर्घटना हुँदा एक जनाको घटना स्थलमा मृत्यू भएको छ । दुर्घटना परी गाडी चालक सहित चार जना घाईते भएका छन् । जिल्लाको चाँदे, उचाल्ने देखी खलंगा तर्फ आउदैँ गरेको लु १ च ७७४४ नम्बरको पिकअप गाडी शुक्रबार दिउसो करिब ३ः१५ बजे दुर्घटना भएको थियो ।

विष सेवन गरेकी लालमती बिक लाई जिल्ला अस्पाताल ल्याउदैँ गर्दा गाडी ढोरचौर गाउपालिकाको फलाँटे ग्रामिण सडकमा दुर्घटना भएको थियो । दुर्घटना परी ढोरचौर गाउपालिका ४ मेलचौरीकी ५० बर्षिय लालमती बिकको मृत्यू भएको छ । सोही स्थानका २५ बर्षिय ईश्वरी बिक, ४३ बर्षिय सुन्तली बिक र ६० बर्षिय काँसीराम बिक गम्भिर घाईते भएका छन् ।

यस्तै गाडी चालक तथा गाडी मालिका ढोरचौर गाउपालिका ३ लिलधर रोका पनि घाईते भएका छन् । उनीहरुलाई उपचारको लागी जिल्ला अस्पताल सल्यानमा ल्याईदैँ छ । गाडी सडक बाट झण्डै ४ सय मिटर तल खसेको छ । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ । बाटो चिप्लो भएको कारण दुर्घटना भएको हुन सक्ने प्रहरकिो अनुमान छ ।

File Photo

प्रकाशित मिति : २०७४ भाद्र ९ गते शुक्रवार
प्रतिक्रिया