शिक्षा सञ्चार सञ्जालको सँयोजकमा बस्नेत

तुलसीपुर,९ भदौ । तूलसीपुर उपमहानगर स्तरीय शिक्षा सञ्चार सञ्जाल गठन गरिएको छ । उपमहानगर क्षेत्रमा शैक्षिक गुणस्तर सुधारका लागि पत्रकारीताका माध्ययम बाट खवरदारी गर्ने उद्धेश्यका साथ शिक्षा सञ्चार सञ्जाल गठन गरिएको हो । रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर तथा तुलसीपुर खवर डटकमका सम्पादक ओपेन्द्र वस्नेतको अध्यक्षतामा ७ सदस्य सञ्जाल गठन गरिएको हो ।

जसको सदस्यहरुमा भरतराज शर्मा , गणेश आचार्य, वसन्त पौडेल, निरला अर्याल गैरे, दिपक वोहरा, रहेका छन । एकजना सदस्य पछि थपने गरी शुक्रवारको वैठकले ६ सदस्यीय सञ्जालको समति चयन गरेको हो । पत्रकार वसन्त विवस आचार्यको अध्यक्षतमा भएको एक वैठकले उपमहानगर स्तरीय शिक्षा सञ्चार सञ्जाल गठन गरेको हो ।

प्रकाशित मिति : २०७४ भाद्र ९ गते शुक्रवार
प्रतिक्रिया