तुलसीपुर,८ भदौ । दाङको तुलसीपुरमा नयाँ यातायात प्राली खुलेको छ । यात्रुहरुलाई सरल र सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले राप्ती यातायात प्रालीको स्थापना गरेको प्रालीका अध्यक्ष विनोदकुमार शर्माले जानकारी दिनुभयो । प्रालीले भदौ २२ गतेसम्म शौचालयको सुविधा सहितका एसी बस ल्याउन लागेको अध्यक्ष शर्माले बताउनुभयो ।
उहाँले लामो दुरीका लागि पन्ध्रवटा शौचालय सहितका एसी बस र स्थानीय रुढकालागि थप पाँचवटा बस ल्याउने उजानकारी दिनुभयो ।
प्रालीले पहिलो चरणमा तुलसीपुर काठमाण्डौ, पोखरा लगाएतका प्रमुख सहर र स्थानीय रुढमा तुलसीपुर घोराही सडकमा सेवा प्रभाह गर्ने जनाएको छ । प्रालीले बुधवार देखि कार्यालय स्थापना गरेर आफनो कामकाज अघि बढाएको छ ।
प्रकाशित मिति : २०७४ भाद्र ८ गते बिहिवार