महिला हिँसा न्युनिकरण गर्न एकिकृत समुह

तुलसीपुर,६ भदौ । दलित महिला सँघ दाङको आयोजनामा घोराही उपमहानगरपालिका १२ मा एकीकृत समुह गठन भएको छ । दलित माथि हुने जातीय विभेद एवं छुवाछुत तथा महिला हिंसा न्युनिकरण गर्ने उद्देश्यले उक्त समुह गठन गरीएको कार्यक्रम सँयोजक पोषण सेन्चुरीले बताउनुभयो । सो अवसरमा शान्ति चौधरीको संयोजकतवमा ११ सदस्यीय एकिृत समुह गठन गरीएको हो । दलित महिला संघ दाङकी अध्यक्ष युवा कराराको अध्यक्षता एवं वडा नम्बर १२ का वडा अध्यक्ष राजेन्द वुढाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा राष्ट्रिय महिला अधिकार मञ्चका रुक्मिना न्यौपाने,स्वँयम सेविका राधा मल्ल,गढीटाकुरा सहकारी संस्थाका अध्यक्ष ईश्वरा के.सी, दलित अगुवा नक्षत्र वि.क, कमल नेपाली,जित वहादुर वि.क,महिला अधिकारकर्मी आशा रोका लगायतले बोलेका थिए । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष वुढाले एकीकृत समुहमा सवैलाई समावेश गरेकाले समुहले प्रभावकारी ढङ्गले काम गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

संस्थाका कार्यक्रम संयोजक पोषण सेन्चुरीले एकीकृत समुहको अवधारणामाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको संचालन कार्यक्रम संयोजक सन्तोष चनाराले गर्नुभएको थियो । एकीकृत समुहले समाजमा महिलामाथि घट्ने विभिन्न घटनालाई मासिक वैठकमा छलफल गरेर समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । कार्यक्रममा २३ जनाको सहभागीता रहेको थियोे ।।

प्रकाशित मिति : २०७४ भाद्र ६ गते मङ्गलवार
प्रतिक्रिया