दाङमा तरकारीको भाउ बढ्यो

लक्ष्मण विश्वकर्मा,तुलसीपुर ६ भदौ । दाङका बजारमा अहिले तरकारीको भाउ आकासीएको छ । विगत एक महिना देखी वढेको तरकारीको भाउ अहिले झनै महंंगिए पछि उपभोत्ताहरु मर्कामा परेका छन । लामो समय सम्म तरकारीको मुल्य नघटेपछि उपभोक्ताहरुले तरकारीको मुल्य महंगो भएको गुनासो गरेका छन् ।

बजारमा अहिले सवै भन्दा वढि टमाटर,भेडे खुर्सानी,सिमि लगाएतका तरकारीको भाउ महंगिएको छ । बजारमा टमाटरको मुल्य प्रतिकेजी १ सय देखी १ सय २० रुपैया सम्म रहेको छ । त्यस्तैगरी काउली प्रतिकेजी ९० देखी एक सय सम्म रहेको छ । वजारमा अहिले भेडेखुर्सानीको मुल्य प्रतिकेजी ९० देखी एक सय ,सिमी प्रतिकेजी ९० देखी एक सय ,वोडी प्रतिकेजी ९० देखी एक सय , काँक्रा प्रतिकेजी ५० देखी ६० रुपैया सम्म व्यापारीले विक्रि गर्ने गरेका छन् ।

बजारमा आलु ,अदुवा लगाएतका केहि तरकारीहरुको भाउ भने सामान्य रहेको व्यापारीले बताएका छन् । यता तुलसीपुरका व्यापारी वेद प्रसाद वलीले सवै भन्दा महंगो टमाटरको मुल्य भएको बताउनुभयो । आफुहरुले टमाटर प्रतिकेजी एक सयमा खरिद गरी १ सय २० रुपैया सम्म विक्रि गरेको उहाले बताउनुभयो ।

विभिन्न जिल्लाबाट आएका व्यापारीले यहाँका किसानहरु संग महंगै पैसामा खरिद गरी जिल्ला वाहिर निर्यात गर्नाले यसरी तरकारीको मुल्य बृद्धि भएको व्यापारी वलीले दावी गर्नु भएको छ ।

प्रकाशित मिति : २०७४ भाद्र ६ गते मङ्गलवार
प्रतिक्रिया