सल्यानमा परीक्षणका लागी “गमलामा सुन्तला”

बुद्धि पुन, सल्यान ६ भदौ । जिल्ला कृषि बिकास कार्यालय सल्यानले परिक्षणको लागी गमलामा सुन्तला रोपेको छ । उन्सु जातको जापनिज सुन्तला दुई बर्ष अघि काठमाण्डौँ बाट सल्यान ल्याईएको थियो । र परिक्षणको लागी कार्यालय परसरमा गमलामा रोपिएको थियो । अहिले उन्सु जातको जापनिज सुन्तला जिल्ला कृषि बिकास कार्यालय अगाडी गमलामा नै लटरम्म फलेको छ ।

यस जातको सुन्तला सल्यानमा राम्रो संग हुर्कने र आम्दानी पनि राम्रो दिने जिल्ला कृषि बिकास कार्यालय सल्यानका योजना अधिकृत पृथ्वीराज रामिछानेले जानकारी दिनु भयो । उहाँले यस जिल्लामा नै परिक्षणको लागी पहिलो पटक उन्सु जातको सुन्तला भिञ्याएको बताउनु भयो । सल्यान जिल्ला मौषमी तथा बेमौषमी फलफूलको लागी पनि प्रख्यात जिल्ला हो ।

“यस जिल्लामा परम्परागत तरिकाले स्थानिय सुन्तला खेती किसानहरुले गर्दै आएका छन्, स्थानिय सुन्तला खेती गर्दा जग्गा पनि धेरै चाहिन्छ, रुख पनि ठुलो हुन्छ,” उहाँले भन्नु भयो– “उन्सु जातको जापनिज सुन्तलाको बोट सानो हुन्छ, थोरै क्षेत्रफलको जग्गामा पनि धेरै सुन्तलाको बोट रोप्न सकिन्छ ।” लामिछानेले उन्सु सुन्तला जिल्लाको सबै ठाउँमा बिस्तार गरी ब्यबसायिक तरिकाले उत्पादन गर्न शुरु गरे आदानी राम्रो हुने बताउनु भयो । उहाँले यस प्रकारको सुन्तला घरको खरेसाबारीमा तथा गमलामा पनि लगाउन सकिने बताउनु भयो ।

योजना अधिकृत रामिछानेले स्थानिय सुन्तला भन्दा उन्सु जातको जापनिज सुन्तला बढी गुलियो हुने बताउनु भयो । “स्थानिय सुन्तला अलि अमिलो हुन्छ, तर स्थानिय सुन्तला भन्दा त उन्सु सुन्तला बढी गुलियो हुन्छ,” –उहाँले भन्नु भयो । उहाँले स्थानिय सुन्तला भन्दा उन्सु जातको सुन्तालाको बजार पनि राम्रो भएको बताउनु भयो ।

उहाँले भन्नु भयो–“स्थानिय सुन्तला मंसिर पुसको महिना तीर पाक्ने गर्छ, माघ फागुन तीर बिक्री गरेर सकिन्छ, तर उन्सु सुन्तला फागुन चैत महिनामा पाक्ने गर्छ, त्यस समयमा बजारमा सुन्तला कमै मात्रामा हुन्छन्, उनी बजार भाउ राम्रो पाउछ ।”

उहाँले स्थानिय सुन्तला भन्दा उन्सु सुन्तलाको बाहिरी भाग अलि कडा हुने भएकाले ढुवानी गर्न पनि कुनै समस्या नहुने बताउनु भयो । यस्तै उन्सु सुन्तलाको बियाको ब्याड राखेर धेरै बिरुवा पनि उत्पादन गर्न सकिने बताउनु भयो । जिल्लाको कोटमौलामा पनि यसको परिक्षणको लागी ८÷१० बोटसुन्तला रोपिएको उहाँले बताउनु भयो ।

प्रकाशित मिति : २०७४ भाद्र ६ गते मङ्गलवार
प्रतिक्रिया