सल्यानमा दश हजार नँया मतदाता थपिए

बुद्धि पुन, सल्यान ५ भदौ । सल्यानमा ९ हजार ८ सय ५४ जनाले फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरेका छन् । झण्डै बिस दिनको अबधिमा जिल्लाका बिभिन्न १० स्थानिय निकाय बाट सो संख्यामा फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरेका हुन् ।

गत साउन १६ गते देखी जिल्लाका दश स्थानिय निकायका केन्द्र बाट फोटो सहितको मतदाता नामावली संकलन शुरु गरिएको थियो । भदौ ३ गते सम्ममा जिल्लाका सबै स्थानिय निकाय बाट महिला ५ हजार ९२ र पुरुष ४ हजार ७ सय ६२ जनाले आफ्नो नाम दर्ता गरेको जिल्ला निर्बाचन कार्यालय सल्यानका सुचना अधिकारी एकराज अधिकारीले जानकारी दिनु भयो ।

उहाँले जिल्लाको सदरमुकाममा रहेको शारदा नगरपालिकाका स्थानियले जिल्ला निर्बाचन कार्यालय बाट नै फोटो सहितको मतदाता जिल्ला निर्बाचन कार्यालय बाट महिला १ हजार ९४ र पुरष १ हजार २ सय ६४ जना गरी २ हजार ३ सय ५८ जनाले मतदाता नामावली बनाएका छन् ।
यस्तै बागचौर नगरपालिकामा महिला ७ सय ७९ र पुरुष ५ सय ९२ गरी जम्मा १ हजार ३ सय ७१ जना, नामावली बनाएको बताउनु भयो ।

यस अबधिमा बनगाड कुपिण्डे नगरपालिकामा महिला ८ सय ९७ र पुरुष ६ सय ११ गरी जम्मा १ हजार ५ सय ८ जनाले मतदाता नामावली बना्एका छन् । यस्तै कपुरकोट गाउपालिकामा महिला २ सय ५१ र पुरुष २ सय ८८ गरी जम्मा ५ सय ३९, कालीमाटी गाउपालिकामा महिला ३ सय ७९ र पुरुष ३ सय २ गरी जम्मा ६ सय २१ जना, छत्रेश्वरी गाउपालिकामा महिला ३ सय ३५ र पुरुष ३ सय ५९ गरी जम्मा ६ सय ९४ जनाले आफ्नो नाम दर्ता गरेका छन् ।

यस्तै कुमाखमालिका गाउपालिकामा महिला ४ सय ५५ र पुरुष ३ सय ९८ गरी जम्मा ८ सय ५३ जना, दार्मा गाउपालिकामा महिला ३ सय ४५ र पुरुष ३ सय ७६ गरी जम्मा ७ सय २१ जना, त्रिबेणी गाउपालिकामा महिला ३ सय ६४ र पुरुष ३ सय ९२ गरी जम्मा ७ सय ५६ जना र ढोरचौर गाउपालिकामा महिला १ सय ९३ र पुरुष १ सय ८० गरी जम्मा ३ सय ७३ जनाले मतदाता नामावली आफ्नो नाम दर्ता गरेका छन् । जिल्लामा १ लाख २५ हजार २ सय ५६ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति : २०७४ भाद्र ५ गते सोमवार
प्रतिक्रिया