आँखा अस्पताल हुदै लामीदमार जोड्ने सडक सञ्चालनमा

तुलसीपुर,४ भदौ । तुलसीपुर आँखा अस्पताल हुदै घोरानेटी लामीदमार जोड्ने सडक बाटो ८ दिन पछि आज देखी सञ्चालनमा आएकोे छ । गत साउन २७ गते आएको अविरल वर्षाका कारण २८ गते देखी सडक अवरुद्ध भएको थियो । वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको थियो ।

पहिरो गएपछि केहि स्थानको पहिरो हटाए पनि घोरानेटी स्थित सडक माथिको एक घर पहिरोको जोखीममा रहेको भन्दै पिडित पक्षले पहिरो हटाउन नदिएपछि लामो समय सम्म सडक अवरुद्ध भएको थियो ।

जोखीममा रहेको घरलाई संरक्षण गर्नका लागी आवश्यक पर्ने तारजाली उपलब्ध गराउने सहमति भएपछि सडक बाटो सुचारु भएको तुलसीपुर ४ का वडा सदस्य प्रेम वहादुर डाँगीले जानकारी दिनु भएको छ । उहाले दिएको जानकारी अनुसार पिडित पक्ष संग छलफल गरी तत्काल १० वटा जाली उपलब्ध गराइएको र आबश्यक परेमा थप जाली उपलब्ध गराउने सहमति पछि बाटो खुलेको हो ।

प्रकाशित मिति : २०७४ भाद्र ४ गते आइतवार
प्रतिक्रिया