तुलसीपुर,४ भदौ । पश्चिम दाङको ववईगाउपालिकाको वडा नं. १ र ७ का ५१ घरधुरी वाढि पिडितलाई आज एक कार्यक्रमका विच हापुरेमा राहत सामग्री वितरण गरीएको छ । नेकपा एमाले जिल्ला कमिटि दाङको आयोजनामा करिव ५० हजार वरावरको खाद्यन्न सामान वितरण गरीएको हो । नेकपा एमाले ववई गाउपालिकाका संयोजक चुर्ण बहादुर वलीले दिएको जानकारी अनुसार ३५ कठ्ठा चामल,२ कार्टुन तेल र १ वोरा नुन वितरण गरीएको हो ।
एमाले जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य मेटमणि चौधरी, केन्द्रिय सदस्य शान्ता चौधरी, जिल्ला कमिटि उपसचिव सुरामणी वेल्वासे,एनआरएनका सदस्य उसा राई, जिल्ला सचिवालय सदस्य गेहेन्द्र वस्नेत,गाउपालिकाका प्रमुख भुवनेश्वर पौडेल,उपप्रमुख सावित्रा विश्वकर्माको सहभागितामा राहत वितरण गरीएको थियो ।
सोहि अवसरमा बबईगाउपालिकाले पनि एक लाख वरावरको राहत सामग्री वितरण गरेको थियो ।
प्रकाशित मिति : २०७४ भाद्र ४ गते आइतवार