तुलसीपुर,२ भदौ । तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १३ का विभिन्न गाऊँका बाढी पीडीतलाई आज राहात बितरण गरिएको छ । साबिकको फुलबारी गाविसको दमारगाउँका १३ र मझघटुवाका ३५ घर बाढी पीडीतलाई राहात बितरण गरिएको हो ।
बाढीपीडीतलाई दाङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश आचार्य,तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे,उपमेयर माया आचार्यले राहात बितरण गर्नुभएको थियो । बाढी पीडीत लाई खाद्यन र लत्ताकपडा बितरण गरिएको थियो ।
त्यहाँका बाढी पीडीतलाई नेपाल रेडक्रस सोसाइटी,कारीतास नेपाल,सीसा नेपाल र युवा संजाल दाङले जिल्ला दैवी प्रकोप उद्धार समिती दाङ र तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा दुई गाऊँका ४८ बाढी पीडीत घरपरिवालाई राहात बितरण गरिएको प्रवक्ता श्याम डाँगीले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : २०७४ भाद्र २ गते शुक्रवार