घोराही, ३२ साउन । जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका जितेन्द्रमान नेपाली निर्बाचित भएका छन । नेकपा एमाले र माओबादी केन्द्र बिचको तालमेल र नेपाली कांग्रेसले प्रमुख पदमा उमेद्धारी नदिएपछि समितिको प्रमुखमा नेपाली निर्विरोध निर्बाचित भएका हुन । समितिको उपप्रमुखमा नेकपा माओबादी केन्द्रका श्रीधर शर्मा पौडेल १२ मत ल्याएर निर्वाचित भए ।
उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका नित्यानन्द शर्माले ८ मत ल्याएका थिए । समितिको सदस्यहरुमा एमालेका ४, माओबादी केन्द्रका २ र नेपाली कांग्रेसका १ जना निर्वाचित भएका छन् । एमालेबाट सदस्यमा तिलाकुमारी बुढाले १९, सावित्री रिजालले १९ देविराम थारु कुमालले १९ र जक्तबहादुर बस्नेतले पनि १९ मत ल्याएर सदस्यमा निर्वाचित भए ।
त्यसैगरी माओबादी केन्द्रबाट शुभद्रा भण्डारीले १२ र खिमबहादुर घर्तीले पनि १२ मत ल्याएर सदस्यमा निर्वाचित भए । समितिमा नेपाली कांग्रेसका लोकीकुमारी बिश्वकर्माले २० मत ल्याएर सदस्यमा निर्वाचित भएका छन ।।