तुलसीपुर,३१ साउन । तुलसीपुर घोराही सडक खण्ड सोमवार रातिदेखि सुचारु भएको छ । सडक खण्ड अन्तरगत तुलसीपुर ७ मोतीपुरमा सडक भासिदा तीन दिन देखि यातायात अबरुद्ध रहेको थियो । भासिएको सडकलाई सुचारु गर्न नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले मर्मत थालेको थियो ।
अवरुद्ध सडकहरु मर्मत गरि सुचारु गर्न तुलसीपुरका मेयर घनश्याम पाण्डे, साँसद डिल्ली बहादुर चौधरीको पहल भएपछि निमार्णको कामलाई तिव्रता दिदै सडक सुचारु भएको बताईको छ ।
१९ नं बाहिनाका सेना, इलाका प्रहरी कार्यालयको प्रहरी , शसस्त्र प्रहरी सुरक्षा बेस क्याम्पका शसस्त्र सडक मर्मतमा लागेका थिए । जिल्लाको शहरी क्षेत्र जोडने सडकहरु लामो समय अवरुद्ध हुँदा नागरिकहरुले सास्ती पाएका थिए ।
प्रकाशित मिति : २०७४ साउन ३१ गते मङ्गलवार