सल्यान प्रहरी सडक मर्मतमा खटिएपछि

मिना बुढाथोकी ,सल्यान २७ साउन । गांउ समाज मा हुने अपराधमा दुव्र्यवहार,हिसांका घटना लाई न्युनिकरण गर्न तथा घटना भएका पडिकलाई कानुनी दायरामा ल्याउने क्रममा प्रहरीको महत्वपुर्ण भुमिका रहन्छ । सुरक्षा निकायको प्रमुख अंग मानिने तथा सामाजिक सुरक्षामा विषेश जिम्मेवारी निर्वाह गर्दै आई रहेको जिल्ला प्रहरी सल्यानेले यतिबेला सामाजिक कार्यमा पनि प्रशंसीयकाम गर्न थालेको छ ।

सल्यान जिल्लाको मुटु मानिने सदरमुकाम खलंगादेखी शारदानगरपालिका को शाहुटोलसम्मको सडक हिलाम्य हुदा सम्म कसैको ध्यान पुग्न नसकेको अवस्थामा प्रहरीले अग्रसरता देखाई सडक मर्मतमा तम्सिएको हो ।  डिएसपि श्याम बहादुर खत्रीको नेतृत्वमा प्रहरीको टोली सहित आज शुक्रवार जिल्लाको पुरानो बसपार्कदेखी प्रहरी कार्यालय जानेबाटोको बीचमा प्रहरी कार्यालय नजिक खाल्डा खुल्डी पुर्ने काम गरेको छ ।

डिएसपि संगै ईन्सपेक्टर धर्म केसी लगायत एक दर्जन प्रहरीको सहभागितामा सडक मर्मत गरिएको हो ।  प्रहरी कार्यालय नजिक रहेको करिब दुई सय मीटर बाटोमा हिड्न पैदल यात्रुलाई निकै समस्या हुने गरेको र विषेश गरि स्कुल जाने आउने बालबालिका हरुको लागी पनि निकै समस्या हुने गरेको कारण आफुहरुनै मर्मत कार्यमा जुटेको डिएसपि श्याम खत्रीले बताउनु भयो । उहाले भन्नु भयो –“यो ठाउंमा गाडीको पनि विजोग हुने गरेको छ ।

सडक हिलाम्य हुदा ठुला खाल्डा भएका छन गाडीको तलको भागले छुदा आवागमनमा समस्या हुने गरेको छ ।” यस्तै विद्यार्थी भाई बहिनि र साना बालबालिका लाई पनिसडकमा हिड्ने बाटो सम्म नहुदा मर्मत गरौं भनी जुटटेका हौं ।

सार्वजनिक महत्वको विषय रहेको यस्तो विषयमा ठेकेदारको लापरवाहीले गर्दा सडकको यस्तो अवस्था हुन पुग्यो । ठेकेदारलाई पटक पटक जानकारी गराउदा पनि अटेरी गरेको र कुनै चासो नदिएका कारण प्रहरीको सक्रियतामा सडक मर्मत कार्य गरिएको उहाले बताउनु भयो ।

 

प्रकाशित मिति : २०७४ साउन २७ गते शुक्रवार
प्रतिक्रिया