सल्यानका कृष्णराजले बार्षिक १५ लाख आम्दानी गर्छन,यस्तो छ उनको दैनिकि

बुद्धि पुन, सल्यान २७ साउन । “बिहान पाँच बजे उठ्छु, अनि बाख्रा फार्म तीर जान्छु, बाख्राको फार्मको ढोका खोल्यो, त्यस पछि बाख्रालाई मकै दाना खुवायो, बाख्रा बस्ने फर्म सफा ग¥यो, घाँस राखेर दश बजे तीर घर फकर्नु खाना खान,” यो भनाई हो सल्यान शारदा नगरपालिका २ डाँडागाउका बाख्रापालक किसान कृष्णराज उपाध्यायको ।

उहाँ खाना खाएर फेरी त्यही बाख्रा फार्म जानु हुन्छ । दिउसोँ चरणको लागी बाख्रा जंगल लिएर जानु हुन्छ । फर्केर बाख्राको लागी घाँस काट्नु हुन्छ । बोका बाख्राको स्याहारसुहार गर्दागर्दै साँझ परेको उहाँलाई पत्तो हुदैँन् । र साँझ अधेरोमा घर फर्कनु हुन्छ । यो उहाँको दैनिकी हो ।
पहिले २÷४ वटा बाख्रापालन गरेका उहाँ अहिले आएर सफल बाख्रापालक किसान बन्नु भएको छ । २०७० सालमा बहुउद्देश्यीय कृर्षि केन्द्र स्थापना गरेर उहाँले बाख्रापालन गर्न शुरु गर्नु भयो । शुरुमा बहुउद्देश्यीय कृर्षि केन्द्र स्थापना गरेर ३० वटा बाख्रा बाट ब्यबसाय शुरु गर्नु भएका उहाँ सँग अहिले ६० वटा बाख्रा रहेका छन् ।
“पहिले पहिले परम्परागत तरिकाले बाख्रापालन गरियो, बढीमा ४÷६ वटा बाख्रा हुन्थेँ घरमा,” उहाँले थप्नु भयो, “अहिले म संग ६० वटा बाख्रा छन्, ३० वटा बाख्रा पाठापाठी दिने छन्, ५ वटा बोका छन्, ।”
उहाँले बाख्राको संख्या अझै बढाएर १ सय ५० पु¥याउने बताउनु भयो । पानी, दाना, घाँस, चरण आदीको अभाब हुने सदरमुकाम खलंगामा यसरी बाख्रापालन गर्न थालेको ४ बर्ष भयो ।

उमेरले ५२ बर्ष पुग्नु भएका उहाँले पहिले नेपाली काँग्रेसमा आबद्ध भएर राजनिति गर्नु हुन्थ्यो । “मैले लामो समय राजनिति गरे, तर काँग्रेसको बाह्रौँ महाधिबेशनमा म पराजित भए, त्यस पछि मेरो औपचारिक रुपमा राजनिति सकियो,” उहाँले थप्नु भयो “म गाउँघरमा डुलेको मान्छे, मलाई दिन बिताउन गाह्रो भयो, अनी बाख्रापालन गर्छु भन्ने सोच बनाए, र शुरु पनि गरे ।”

“शुरु शुरुमा अली गाह्रो भयो, छोरीछोरी पढाई र जागिरको शिलशिलामा घरमा बाहिर थिए, घरमा बुढा र बुढी मात्रै थियौँ, काम गर्न समस्या थियो, बुढेस कालमा बुवाले बाख्रापालन गर्छु भन्दै दुख ब्यसाय भनेर छोराछोरीले गाली गर्थे,” किसान उपाध्यायले भन्नु भयो “अहिले घरमा बुढाबुढी मात्रै छौँ, परिवारको साथ राम्रो पायको छु ।”

उहाँले अहिले बाख्रा सँगै ३ वटा गाई पाल्नु भएको छ । यस्तै उहाँले एक पिसानी मिल समेत सञ्चालन गर्नु भएको छ । उपाध्यायले अहिले २ जना यूवालाई रोजगारी पनि दिनु भएको छ । “घरमा अरु कोही भएनन् काम गर्न गाह्रो भयो, अहिले दुई जना यूवालाई राखेर काम गरिरहेको छु,” उहाँले अघि भन्नु भयो, “बाख्रापालन शुरु गरे, पहिले घरमा ६ वटा गाई थिए, ३ वटा बेचे, अब ३ वटा बाँकी छन्, दूधको लागी भए नि पाल्नु भ¥यो, फेरी बाख्राको लागी दाना पिसाउने मिल पनि सञ्चालन गरे ।”

उपाध्यायले प्याक्टको १० लाख, यूवा स्वरोजगार कार्यक्रमको २ लाख र आफ्नो १९ लाख गरी झण्डै ३१ लाखको लागतमा ब्यबसायिक रुपमा बाख्रापालन गर्न शुरु गर्नु भएको हो । बाख्रापालनको लागी ८० बर्गमिटरमा खोर निर्माण गर्नु भएका उहाँले बाख्राको लागी भनेर ६ रोपनी जग्गामा डाले घाँस रोप्नु भएको छ । जिल्लामा नै नमुना किसानका रुपमा चिनिने उहाँले बाख्रा फार्मको वरीपरी तारजाली लगाउनु भएको छ । हाल उहाँ संग अष्ट्रेलिया बाट ल्याएको उन्नत जातको एक बोका पनि रहेको छ । अनुदानमा प्राप्त बोकाको मूल्य मात्रै झण्डै चार लाख पर्ने उहाँ बताउनु हुन्छ ।

उपाध्यायले बाख्रा, बोका र पाठापाटी राख्ने ठाउँ अलग अलग बनाउनु भएको छ । यस्तै दाना, पानी, घाँस खुवाउने ठाँउ पनि अलग अलग बनाउनु भएको छ । बाख्रापालन गर्न खास समस्या नभएको बताउने उहाँ बाख्रा चरणको लागी भने अहिले समस्या हुदैँ गएको बताउनु भयो । “अहिले सम्म एक सामुदायिक बनमा बाख्राले चरण गरिरहेका छन्, तर पछि समस्या हुन्छ कि” उहाँले भन्नु भयो ।

उहाँले आफुले यसरी ब्यबसायिक रुपमा नै बाख्रा पालन गरे देखी बाख्रामा कुनै रोग तथा समस्या भने नभएको बताउनु भयो । “कहिले काही सानो सानो समस्या हुन्छ, जिल्ला पशु सेवा कार्यालय नजिकै छ, तत्काल गएर उपचार गराउछुँ, खास समस्या छैन,” उहाँले भन्नु भयो ।
उहाँले आफुलाई कुकुरआतंकले भने चिन्तित बनाएको बताउनु भयो । दश महिनाको अबधिमा कुकुरले ७ वटा बाख्रा मारी दिएको उहाँले बताउनु भयो । “चरणको लागी बाख्रा जंगल लिएको समयमा जंगलमा नै कुकुरले ७ वटा बाख्रा मारिदिए,” उहाँले भन्नु भयो, “सरोकारवाला निकायले यसलाई नियन्त्रण गर्न ध्यान दिनु पर्छ ।”

उपाध्यायले यस बर्ष मात्रै १५ लाख बढी आम्दानी गर्ने लक्ष्य रहेको बताउनु भयो । “आउदो बैशाख सम्म बाख्रा बाट १० लाख आम्दानी हुन्छ, गाईको दूधदही बेचेर ३ लाख आम्दानी हुन्छ, मिल बाट २ लाख जती आम्दानी हुन्छ,” उहाँ आफ्नो योजना सुनाउनु भयो “बैशाख सम्ममा सबै खर्च कटाएर त्यही ४÷५ लाख जती बचत हुन्छ ।” उहाँले आम्दानीको लागी राम्रो स्रोत नै बाख्रापालन भएको बताउनु भयो ।

उहाँले सरोकारवाला निकाय बाट पाउनु पर्ने परामर्श, जानकारी लगाएतको सहयोग भने प्राप्त गरिरहेको बताउनु भयो । जिल्लामा पछिल्लो समयमा बिदेशिने यूवायूवतीको संख्या बढ्दै गएको छ, उनीहरुको माझमा स्वदेशमा नै बसेर केही गर्न सकिदो रहिछ भन्ने सन्देश दिनको लागी बहुउद्देश्यीय कृर्षि केन्द्र स्थापना गरेर सञ्चालन गरेको उहाँले बताउनु भयो ।

उहाँले स्वदेशमा नै रोजगारीको थुप्रै अबशरहरु भएको बताउनु भयो । यस जिल्ला बाख्रापालनको लागी राम्रो सम्भाबना भएको जिल्ला अन्र्तगत पर्दछ । उहाँले आफुले उत्पादन गरेको खसी बोकाले राम्रो बजार पाउने अपेक्षा गर्नु भयो ।

सल्यानमा उत्पादन भएका खसी बोका देशमा नै एक नम्बरमा पर्ने गर्दछन् । “मैले यहाँ उत्पादन गरेको खसी बोका जिल्ला कै स्थानिय बजारमा खपत हुने आसा गरेको छु, खपत नभएको बाहिर जिल्लामा सप्लायर्स गर्ने पनि योजना छ” उहाँ भन्नु भयो ।

यहाँ उत्पादन हुने.खसी बोका अहिले काठमाण्डौँ, पोखरा, नेपालजञ्ज, बुटवल, दाङ लगाएतका बजारहरुमा निर्यात हुने गर्दछ ।ु भएको थियो ।

प्रकाशित मिति : २०७४ साउन २७ गते शुक्रवार
प्रतिक्रिया